ग्लोबल आइएमई माथि भएको प्रहारप्रति रेमिटर्सको पनि आपत्ति, कानूनी कारबाही गर्न माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ६२ पटक पढिएको
ग्लोबल आइएमई माथि भएको प्रहारप्रति रेमिटर्सको पनि आपत्ति, कानूनी कारबाही गर्न माग

माघ २६, काठमाडौँ ।  पछिल्लो समय ग्लोबल आइएमई बैंक प्रति भइरहेको प्रहार प्रति रेमिटर्स एसोसिएसनले पनि आपत्ति जनाएको छ । कानूनी रुपमा दर्ता भएर नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणमा सञ्चालनमा रहेको बैंकका बारेमा अफवाह फैलाउदै सामाजिक सञ्जलबाट प्रहार हुन थाले पछि रेमिटर्स एसोसिएसनले समेत आपत्ति जनाएको हो ।

एसोसिएसनले सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न किसिमले आक्रामण गर्नेहरुलाई कानूनी कारबाही गर्न समेत माग गरेको छ । साथै आधिकारिक निकाय भन्दा बाहिरबाट आएका अफवाहको पछि नलाग्न समेत एसोसिएसनले अनुरोध गरेको छ ।

यस अघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्त कम्पनी संघले लगायतले पनि यस घटनामा आपत्ति जनाएका थिए । कुनै पनि बैंक तथा वित्तीय संस्थामाथिभ एका प्रहार स्वीकार नहुने भन्दै ति संस्थाहरुले गलत भ्रम फैलाउनेहरुलाई कारबाही गर्न समेत अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस