वैशाख २५, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य घटेर बिहीबार तोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो ।