बिश्व कोरोना अपडेट : ४ लाख १९ हजारभन्दा बढी संक्रमित थपिए, १० हजार नौ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १९ हजार पाँच सय ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार नौ सय ६४ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख २५ हजार नौ सय ४८ पुगेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म २३ लाख १८ हजार आठ सय ४१ जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार नौ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार छ सय ९५ जनाको मृत्यु भएको छ । बेलायतमा थप १८ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण आठ सय २८ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा ११ हजार नौ सय ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ७२ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ४८ हजार सात सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण नौ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा १६ हजार छ सय २७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ९७ जनाको मृत्यु भएको छ । यस्तै, फ्रान्समा २० हजार पाँच सय ८६, दक्षिण अफ्रिकामा तीन हजार एक सय ४८, कोलम्बियामा आठ हजार पाँच सय ४७, मेक्सिकोमा १३ हजार ५१, इरानमा छ हजार नौ सय ८३, जर्मनीमा आठ हजार छ सय २८, इटलीमा १३ हजार चार सय ४२ तथा अर्जेन्टिनामा छ हजार छ सय ८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस