वैशाख १८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।
एपी ग्यास पनि घटेर आएको तर मूल्य यथावत राखिएको छ ।