कर्णाली प्रदेश समन्वय परिषदको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १४, सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेश समन्वय परिषदको पहिलो बैठक सोमबारदेखि बस्दैछ ।

प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्नका लागि बैठक बस्न लागेको हो । बैठक दुई दिनसम्म चल्नेछ । बैठक बिहान ७ बजेदेखि सुरु भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।

परिषद बैठकमा प्रदेश र स्थानीय तहका योजनाहरु बीचको अन्तरसम्बन्ध, प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तरसम्बन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानुनबीचको अन्तरसम्बन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरुबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्ने प्रमुख सचिव राम प्रसाद थपलियाले जानकारी दिए ।

परिषद बैठकमा मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, जिल्ला प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरु, र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागि हुनेछन् ।

प्रदेश सरकार गठन भएको ११ महिना बितिसक्दा बल्ल प्रदेश समन्वय परिषद्को बैठक बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस