प्रधानसेनापति थापा अमेरिका जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन असार २३ गते अमेरिका जाने भएका छन्।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल सम्बन्धी बैठक र संयुक्त राष्ट्रसङ्घ सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति थापा चार सदस्यीय भ्रमण टोलीका साथ त्यसतर्फ जान लागेका हुन्।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च पदाधिकारी तथा दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा साउन १ गते स्वदेश फर्कने छन्।

ताजा अपडेट

खोजी गर्नुहोस