प्रधानमन्त्रीको उपचारः मुटुबाट क्याथेटर झिकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २६, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको ठूलो नसामा लगाइएको विशेष प्रकारको क्याथेटर (एक प्रकारको नली) मनमोहन कार्डियोथोरासिक एण्ड मास्कुलर सेन्टरमा बुधबार झिकिएको छ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिस गर्न ओलीको मुटुको ठूलो नसामा क्याथेटर जडान गरिएको थियो।

प्लाज्माफेरेसिस डायलासिसजस्तै रगत सुद्धिकरण गर्ने प्रक्रिया हो।

त्यसका लागि ठूलो नसा हुँदै विशेष प्रकारको नलीलाई मुटुको एउटा कोठासम्म पुर्याइएको थियो।

सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा करिब १५ मिनेट लगाएर क्याथेटर झिकिएको हो।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि करिब २ महिनादेखि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया चलिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस