विप्लवका छोरा प्रकाश चन्द रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २६, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भदौ २६, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाश चन्दसँगै सुधा पुलामी, अनित घर्तीमगर, अनु तामाङ, प्रमोद तिमिल्सिना, अमित यादव, सीता पौडेललगायतलाई प्रहरीले बिहीबार बिहान रिहा गरेको हो ।

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस