प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक बस्यो, यस्ता छन् एजेण्डा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १८, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने तयारी गरेका छन् । विधान अनुसार तीन-तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

बुधबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस