न्यायाधीश बन्न न्यायपरिषका सदस्यले दिए पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर २०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा न्यायपरिषद्का सदस्यले नै इच्छा देखिउँदै पदबाट राजीनामा दिएका छन्।

न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले सर्वोच्चमा रिक्त न्यायाधीशमा जाने प्रस्तावपछि बुधबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।

वैदिकलाई न्यायाधीश नियुक्तिको सिफारिस गर्न बिहीबार बसेको न्यायपरिषद् बैठकले निर्णय रोकेको छ। उनले राजीनामा दिएपछि न्यायाधीश बनाउन लागिएको भन्दै नेपाल बार एसोसिएनले विरोध जनाएको छ।

बिहीबार बसेको परिषद् बैठकले एकजना जिल्ला न्यायाधीश सरुवा गर्ने निर्णय गरेको थियो। बारले विज्ञप्ति निकाली विरोध गरेपछि अधिवक्ता वैदिकलाई न्यायाधीश बनाउने निर्णय रोकिएको छ।

प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेका बैदिक आफैं न्यायाधीशका लागि इच्छुक देखिएका हुन्।

उनलाई न्यायाधीश बनाउन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जोड गरेपछि परिषद् अध्यक्ष जबराले प्रस्ताव गरेको एक सदस्यले बताए।

‘न्यायपरिषद्कै सदस्यबाट न्यायाधीश हुने विषय बैठकमा छलफल भएको छ,’ परिषद्का एक सदस्यले भने, ‘छलफल जारी छ। टुंगिएको छैन। छलफल हुनु स्वभाविकै हो। अर्को बैठकमा टुंगो लाग्छ।’ उनका अनुसार अर्को बैठकमा बैदिकलाई न्यायाधीशका लागि सिफारिस गर्ने देखिन्छ। परिषद्को अर्को बैठक बुधबार बस्दैछ।

बार एशोसिएसनले न्याय परिषदका सदस्य आफैं न्यायाधीश बन्नुलाई न्यायपालिकाको गरिमा घट्ने भन्दै विरोध जनाएको छ। बारले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा ‘परिषद्को सदस्य रही आफैले आफैंलाई न्यायाधीश बनाउन परिषद् सदस्य लगायत लविङ बनाउने कामलाई न्यायोचित मान्न नसकिने’ ठहर गरेको छ। नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस