मंसिर २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ महिने कार्ययोजना पेश गर्ने तयारी रहेको स्रोतले बताएको छ । कार्यकारी अधिकारप्राप्त गरेपछि प्रचण्डले उक्त विषयमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए ।
बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओली बैठकमा सहभागी नहुने भएका हुन् ।