राजदुत पुरीले गरे वरिष्ठ नेता नेपालसँग विदाई भेट, नेपाल–भारत सम्बन्धको समिक्षा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २३,काठमाडौँ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले सत्तारुढ नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग विदाई भेट गरेका छन्। आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका राजुदत पुरीले सोमबार विहान नेता नेपालको निवासमा पुगेर भेट गरेका हुन्।

सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालसँगको भेटमा नेपाल–भारत सम्बन्धको विषयमा पनि चर्चा भएको नेपालको सचिवालयले जानकारी दिएकोे छ। केही समयअघि भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरालगायत नेपाली भू–भाग आफ्नो रहेको दाबी गरेपछि नेपालमा चौतर्फि विरोध भएको थियो।

विरोध लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दुत बनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलका लागि नेता नेपाल भारत जाने तयारी थियो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय उपलब्ध नगराउँदा जान पाएका छैनन्।

ताजा अपडेट

खोजी गर्नुहोस