सभामुख कसलाई बनाउने भन्ने बहस शुरू, अग्नि र नेम्वाङकाे चर्चा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवजेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस शुरू भएको छ ।

सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल शुरू भएको हो । आउँदो पुस ४ गते हिउँदे अधिवेशन शुरू हुँदै छ ।

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो ।

त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्व एमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् ।

पूर्व एमाले वृत्तमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रबल दावेदारका रूपमा हेरिएको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुख पदमा आफ्नो स्वभाविक दावी रहने बताउँदै आएकी छन् ।

पूर्वमाओवादीमा भने स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रूपमा हेर्नेहरूको पंक्ति ठूलो छ । सपकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस