मंसिर २७, काठमाडौं । बालुवाटारमा २ रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतलीबगैँचाको १७३ रापनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ ।
त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलन्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ । नक्सापासविना भनव बन्न थालेकोमा विराेध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेका छन् । नयाँ पत्रिका दैनिकामा खबर छ ।