अनियमितताको मुद्धामा अख्तियार चुप लागेर बस्यो : नेता कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • ११३ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान बिभाग र सम्पत्ती शुद्धिकरण बिभागले राम्रै काम गरिरहेका छन । तर पछिल्ला दिनमा तिनका काम सराहनिय भने हुन नसकेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर सेखर कोईरालाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अधिकाँस क्षेत्रमा भएको अनियमितता तथा गैरमूलक काममा चुप बसेर प्रभावकारी काम नगरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर सेखर कोईरालाले टिप्पडी गरेका छन् ।

उहाँले सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संसोधन गरेर यति होल्डिङ्सलाई दिएको बताएका छन् । डाक्टर कोईरालाले राज्य दोहनको चरम उदाहरण यस्लाई मान्न सकिने समेत बताएका छन् ।

आफ्नो फेसबुकमा लामो स्टाटस हाल्दै डाक्टर कोईरालाले यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी नदेखिएको बताए । यस्ता बिषयमा अब नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउँनु पर्ने समेत उल्लेख गरेका छन् । मुलुकका लागी यस्ता काम भन्दा बदमासी अरु हुन नसक्ने भन्दै यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको डाक्टर कोईरालाको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस