जनताको बहुदलीय जनवाद (जबज) मा नेकपाका नेता वेदुराम भुसालको विद्यावारिधि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाण्डौँ । नेकपाका नेता वेदुराम भुसालले जनताको बहुदलीय जनवाद (जबज) मै विद्यावारिधि गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेता भुसालले बिद्यावारिधि गरेका हुन् । नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जबजमा पीएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट दीक्षित समेत भएका छन् । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सयौं युवा विद्यार्थीहरुको बीचमा नेकपा नेता भुसाल पनि गाउन लगाएर दीक्षित बनेका थिए ।

उनले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन् । नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस