नयाँ सभामुख चयन प्रक्रिया पुस ११ बाट शुरु हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाण्डौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया यहि पुस ११ गतेबाट सुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

यद्यपि, संघीय संसदको हिउँदे अधिवेशन भने आज शुक्रबार बाटै प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस