पौष ४, काठमाण्डौ । शुक्रबार शुरु भएको सङ्घीय संसद् बैठक पुस ११ गते सम्मका लागि स्थगित भएको छ । आजको बैठक नेपाली काँग्रेसका सांसद रामेश्वर ढुंगेलप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो । बैठकको सञ्चालन उपसभामुख शिवमाया तुम्वाहाङ्फेले गरेकी थिइन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको थियो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।