राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, मतदान जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखियो ।

मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस