अत्यधिक गर्मीले बेलौरीका विद्यालय दुई दिन बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (५ घण्टा अघि)
  • ५२ पटक पढिएको
अत्यधिक गर्मीले बेलौरीका विद्यालय दुई दिन बन्द

जेठ २७, कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

मयेरस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरपालीकाका मेयर पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ ।

दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस