एसियन कप छनोट: नेपाल र लाओस भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २७, मंगलबार (६ घण्टा अघि)
  • ५५ पटक पढिएको
एसियन कप छनोट: नेपाल र लाओस भिड्दै

जेठ २७, काठमाडौं । एफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा फाइदा लिने दाउमा रहेको लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए । लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले प्रि कन्फ्रेन्समा बताएका हुन् ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल अहिलेसम्म लाओससँग नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ ।

नेपाल र लाओसबीच अहिलेसम्म ६ खेल भएकोमा ४ खेल नेपालले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।

नेपालले लाओसँग खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । हङकङलाई गोलरहित बराबरीमा रोकेर नेपाली टोली लाओस पुगेको हो ।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको छनोट तेस्रो तथा अन्तिम चरणको छनोट हो । जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० र लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस