वाइसीएलको जम्बो कमिटीलाई लिएर माओवादीमा खटपट, जनार्दन र दीपशिखाबीच जुहारी

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ जेष्ठ २७, मंगलबार (५ घण्टा अघि)
  • ७१ पटक पढिएको
वाइसीएलको जम्बो कमिटीलाई लिएर माओवादीमा खटपट, जनार्दन र दीपशिखाबीच जुहारी

जेठ २७, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको महाधिवेशनलाई लिएर पार्टीभित्रै खटपट सुरु भएको छ ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको ७५ जना पदाधिकारी चयन भएको छ । आंकाक्षी र युवाहरुबीच अन्तरविरोध भएपछि केन्द्रीय कमिटीको आकार बढाइएको हो । तर, ठूलो संख्याको भद्दा कमिटी गठन भएपछि माओवादीका नेताहरु बीच जुहारी चल्न थालेको छ ।

संगठनमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १/ १ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन गरेको छ । पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरूसमेत नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन् । अर्का थरीले चुनावी प्रक्रियामा नजानु नै माओवादी भित्रको समस्या भएको कतिपयको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य तथा उपमहासचिव जनार्दन शर्माका भाई अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका थिए ।

त्यसको जवाफ फर्काउँदै वाइसीएल इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जनार्दन पक्षको केही सीप नचलेपछि आसोपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका छन् । उनले जनार्दन शर्माले चुनाव लडेकै ठाउँमा उनीसँग प्रतिस्पर्धामा आउन आफू तयार रहेको समेत जवाफ दिएका छन् ।

यता अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले जनार्दन शर्मासँग नभइ महेश बस्नेतसँग चुनाव लडेर संसदमा आउन आग्रह जवाफ फर्काएका छन् । यस्तै अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले दीपशिखालाई पार्टी संगठनमा तपाई पारस हो ? भन्दै प्रश्न गरेका छन् ।

यसले माओवादीमा जनर्दन पक्षको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ । विद्यार्थी संगठनमा जनार्दन पक्ष हाबी हुँदा वाइसीयलमा प्रचण्डले सर्वसम्मतिमार्फत आफू पक्षलाई हाबी बनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस