यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २७, मंगलबार (४ घण्टा अघि)
  • ३२ पटक पढिएको
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

जेठ २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसामा निर्धारण गरिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ नौ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ एक पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपैयाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ नौ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस