माघ ९, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।
बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए । उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ ।