सबै समुदायको साझा प्रयासबाट नै देशको बिकास सम्भव छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ११, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ११, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन्  ।

तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो औँल्याए  ।

अध्यक्ष दाहालले ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस