आज प्रतिनिधिसभाको बैठक: मुलुकले नयाँ सभामुख पाउदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १२, आईतबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनि  सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारको बैठकले प्रक्रिया पूरा गरी  उनलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् ।

यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पनि आइतबार सुनुवाइ हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वोच्च अदालतले पेसी तोकेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस