मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १३, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौ । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो ।

सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो । यसको नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरे ।
समितिका सभापति परशुराम मेघी घुरुङका अनुसार विधेयकमा मिडिया काउन्सिलले सिफारिस गर्न सक्ने मात्र व्यवस्था रहनेछ । र, यो विधेयक सोमबार नै समितिबाट पारित गर्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस