तथ्यांकमा ओली सरकार : १४ सुचांकले देखाउँदै छ भाबी नयाँ नेपाल !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । विश्वस्तरका इण्डेक्समा नेपालको अबस्था सबैलाई जानकारी नै छ । यस सम्बन्धमा रहेका सत्यतथ्य जानकारी थाहा हुँदा पनि हामीमा निरासाका खेती मौलाउँदै गएको छ ।

१. विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकाङ्क (डुइङ विजनेश इन्डेक्सं) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौं ।

२. मानव विकास सूचाकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरि नेपाल १४९ औंबाट १४७ औं स्थानमा अगाडि बढेको छ ।

३. भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औं स्थान २०।८ प्राप्तांकसहित मा रहेको छ । यसले पनि प्रगति र विकासको संकेत गरेको छ ।

४. शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? विश्व शान्ति सूचक (ग्लोबल पीस इन्डेक्स) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा आइपुगेको छ । जबकि अरु देशहरूको स्थिति फरक छ । बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन् ।

५. विधिको शासनको सूचकमा नेपाल २ स्थान माथि उठेको छ । गत वर्षभन्दा यस बर्ष क्रमशः यो माथि जाँदै छ । विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औं स्थानमा रहेको छ ।

६. भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ११औं स्थान माथि चढेको छ र १२४ औं स्थानबाट ११३ औं स्थानमा पुगेको छ ।

७ . विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा के छ त खुशी मापनमा पनि नेपाल अहिले ३ स्थान माथि उठ्न सकेको छ ।

८. आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक कन्ट्री परफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए मा हाम्रो मुलुक १ तह ३।४ बाट ३।५ माथि उठेको छ ।

९. विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान १०९ औं बाट १०८ स्थान माथि उठेको छ ।

१०. लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थान माथि उठेको छ । गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ ।

११ . विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचक यसमा टुरिजम कम्पिटेटिभ इन्डेक्समा नेपाल फेरि १ स्थान माथि उठेको छ । यसरी विश्व सूचकहरूमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । नेगेटिभ सूचकहरू छैनन् ।

१२. जर्मनीको प्रसिद्ध Wander Hust Magazine ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेको छ । यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएको छ । नेपाल भ्रमण बर्ष २०२० अभियानको सफलताका लागि यो महत्त्वपूर्ण आधार हो ।

१३. विश्व बैकले हालै सार्वजनिक गरेको वुमेन, बिजनेस एण्ड द ल २०२० रिपोर्टका महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सूचिमा नेपाल परेको छ, त्यो पनि उत्कृष्ट तीनमा । यसले महिला सशक्तिकरणको क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएको छ ।

१४. संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफको विश्व प्रतिवेदन अ वल्ड रेडी टु लर्न मा सन् २००० पछिका १७ बर्षहरूमा नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस