फाल्गुण २०, काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन् । उनले सभापति शेरबहादुर देउवासँग सहमत नभएकै कारण तेस्रो पक्षको नेतृत्व आफूले गर्नुपर्ने बताए । पार्टीका सबै जनवर्गीय संगठनको अधिवेशन सकिएपछि आफ्नो टिम घोषणा हुने उनले बताएका छन् ।
झापाको चन्द्रगढीमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने र त्यसका लागि छुट्टै नेतृत्वलाई स्थापित गर्नुपर्ने बताए ।