फाल्गुण २१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री तथा नेताहरू अस्पताल पुग्ने क्रम शुरू भएको छ ।
यसैक्रममा अस्पताल पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको खबरले अत्यन्तै खुशी लागेको बताए । देशकै सर्वोच्च कार्यकारी व्यक्तिले देशभित्रै मिर्गौला प्रत्यारोपण गर्दा राम्रो मेसेज गएको समेत उनले बताए ।