कोभिड-१९ सङ्क्रमण: बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २४,काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस