संसदमा आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । संसदको दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हँदैछ । संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्ने छन् । त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्नेसमेत कार्यसूची छ । राष्‍ट्रपति विद्यादेवी भण्डारीले २ जेठ अपरान्ह संसदको दुवै सदनको संयुक्त बैठकमा आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस