जेठ ४, काठमाडौ । नेपाल भारत सिमामा कष्ट झेल्दै गरेका दिदीबहिनी,दाजुभाइहरुलाई नेपाल फर्काउन नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले आग्रह गरेका छन् ।
बिदेशमा रहनुभएका श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जसले नेपालको अर्थतन्त्र चलायमान गराउॅन ठूलो योगदान गरिरहेका छन् ।
डा कोइरालाले भनेका छन-“बिबिध कारणले ती मध्ये धेरै स्वदेश फर्कन चाहनुहुन्छ । सिमामा आएर धेरै कष्ट झेल्दै हुनुहुन्छ।सरकारले संक्रमणबाट बचाउँदै यथाशीघ्र नेपाल आउने वातावरण सिर्जना गरोस।”
उनले सामाजिक सञ्जाल मार्फत सरकारसँग आग्रह गरेका हुन ।