बागमती प्रदेशको प्रदेश सभा बैठक जेठ १२ गते बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ५, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभाको छैटौं बैठक जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखकोमा अनुरोध गर्ने निर्णय गरेको छ ।

कोरोनाको त्रासका कारण भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षमा सोमबार बसेको बैठकले पोस्ट बहादुर सुरुङ्ग (भिमफेदी कुलेखानी) मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परीयोजनाको रुपमा समाबेश गरि संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस