अध्यक्ष प्रचण्डको निवासमा नेपालको अध्यावधिक नक्सा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १०, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन् ।

शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उनलाई प्रदान गरेकी हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस