मन्त्रिपरिषद् बैठक बस्दै,बजेटलगायत समसामयिक विषयमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ११, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलगायतको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन् । उनले बैठकमा बजेटलगायत समसामयिक विषयमा छलफल हुने बताएकी छन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसकै विषयमा आवश्यक तयारी लगायतका विषयमा आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको प्रयास र थप रणनीतिका बारेमा पनि छलफल पनि बैठकको अजेण्डा छ । भारत र विदेशमा अलपत्र परेका नागरिकहरूको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस