जेठ ११, काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो प्रतीक र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।