रुकुम घटना छानबिनका लागि समिति गठन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १४, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौँ । सरकारले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । जातीय विभेदका आधारमा सामूहिक युवा हत्या भएको भन्दै विरोध भइरहेका बेला सरकारले छानबिन समिति गठन गरेको हो । समिति गठनबारे गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा जानकारीसमेत दिएको छ ।

सदनमा सांसदहरूले घटनाबारे सरकारको जवाफ माग गरेपछि मन्त्री थापाले जवाफ दिनुभएको हो । थापाले घटनाका दोषीलाई कानुन बमोजिम कारबाही हुने बताए । उनले भने, ‘‘जुन दुःखद् घटना भएको छ, सिङ्गो राष्ट्रलाई स्तब्ध तुल्याएको छ । दोषीलाई कानुनी कठघरामा ल्याउन र कानुनबमोजिम कारबाहीका लागि सरकार प्रतिबद्ध छ ।’’ उनका अनुसार, छानबिन समिति गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको छ । यस्तै, समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, महान्यायाधिवक्ता तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र गृहकै उपसचिव सदस्य छन् ।

मन्त्री थापाले घटनामा तीनजनाको मृत्यु भएको सदनमा जानकारी दिए । अन्य तीन जना बेपत्ता रहेको मन्त्री थापाको भनाइ छ । घटनामा नवराज विक, गणेश बुढा र टीकाराम नेपालीको शव भेरी नदी किनारमा फेला परेको छ । घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको र दुबै जिल्लाको समन्वयमा घटनाबारे अनुसन्धान भइरहेको गृहमन्त्रीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस