गणतन्त्र दिवस: सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता – प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १५, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनुहुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस