नेपाल-भारत सीमा विवाद : परराष्ट्रमन्त्रीले भने-‘हामी वार्ताको औपचारिक मितीको प्रतीक्षामा छौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १६, शुक्रबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘ हामी वार्ताको औपचारिक मितीको प्रतीक्षा गरिरहेका छौं ।’ भारतले छिट्टै त्यो मिती तय गर्छ भन्ने हाम्रो विश्वास छ ।

भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए । यसअघि नै नेपालले भारतलाई औपचारिक वार्ताको लागि मिती तय गर्न अनुरोध गरिसकेको छ ।
मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस