जेठ १९, काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित भएपछिमात्र बजेट निकासा हुने बताएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटमा समावेश एमसीसी कार्यक्रमबारे स्पष्ट पारेका हुन् ।
आर्थिक वर्ष २०७७्७८ को बजेटमा सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखिएको छ । विवादित सम्झौता बजेटमा समावेश भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसदहरुले नै आपत्ति जनाएका थिए ।
उनले विगत ३ वर्षदेखि नै बजेटमा एमसीसीका कार्यक्रमहरु समावेश हुँदै आएको बताए । अर्थमन्त्री खतिवडाले यसबारे प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदा स्पष्ट पारिसकेको कुरा दोहोर्याए ।