‘लिपुलेक सहमती चीनले पनि सच्याउनुपर्छ’: नेकपा प्रवक्ता श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् ।

‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पु¥याउँछ,’ मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने, ‘चीनलाई त्यो सहमतीको बारेमा आत्मसमीक्षा गर्न, त्यसबारे आफ्नोस्थिति स्पष्ट पार्न र सच्याउनका लागि विशेष अपिल गर्न चाहन्छु ।’

१ जेठ २०७२ मा चिनियाँ प्रधानमन्त्री ली खस्याङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेक नाकालाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमती भएको थियो ।

सार्वभौम मुलुक नेपालको भूभाग प्रयोगबारे दुई छिमेकीले एकतर्फी सहमती गरेयता त्यसको व्यापक विरोध हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस