जेठ २१, काठमाडौं । लकडाउनले जनजीवन असहज भएको भन्दै बुधबार बिहान काठमाडौंको चाबहिल चोकमा स्थानीयले प्रदर्शन गरेका छन् । बजार, व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
सरकारले जेठ २५ गतेभित्र सबै आयकर तिर्न ।सूचना जारी गरेपछि आमजनता आन्दोलित भएका छन् । मंगलबार पनि जोरपाटीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि अन्य दिनको तुलनामा राजधानीका सडकमा सवारीसाधन र पैदल यात्रुको आवतजावत बाक्लो देखिएको छ ।