रूकुम घटनामा नेकपाले के भन्यो ? (बिज्ञप्तीसहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २२, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । सत्तारुढ दल नेकपाले जेठ १० गते रूकुम पश्चिममा भएको जातीय नरसंहारको निन्दा गरेको छ । घटनाको १० दिनपछि नेकपाले धारणा सार्वजनिक गर्दै निष्पक्ष छानबिन गर्न, अपराधीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो ।

सत्तारुढ दलले औपचारिक रूपमा नबोली मौनता साधिरहेको आरोप लागिरहेका बेला महासचिव विष्णु पौडेलले बुधबार वक्तव्य जारी गरेका हुन् । ‘रूकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ ।

हाम्रो पार्टी उक्त वीभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ’, महासचिव पौडेलले वक्तव्यमा लेखेका छन्, ‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस