व्यापारीहरुले एकतर्फी रुपमा पसल खोलेपछि तीन जिल्लाका सिडिओ छलफलमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २२, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । व्यापारीहरुले लामो समयदेखि जारी लकडाउनले जीवनयापनमै समस्या भएको भन्दै धमाधम पसल खोल्न थालेपछि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरुको संयुक्त बैठक बसेको छ ।

उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसेको हो । बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको जनाइएको छ ।

लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीन वटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिएकी छिन् । लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस