जेठ २२, काठमाण्डौ । लकडाउन खुकुलो बनाउन उपत्यकाका तीनवटै प्रशासनले सिफारिस गरेको छ । सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन नपाइने गरी लकडाउन खुकुलो बनाउन काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन तयार भएका छन् ।
उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर र उच्चस्तरीय समितिले सिफारिस गरेको छ । राजधानीमा उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।
फोटो : फाईल