जेठ २५, काठमाडौं । समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच एकताबाट बनेको जनता समाजवादी पार्टीमा तीन अध्यक्ष रहने भएका छन् । लामो गृहकार्यपछि महन्थ ठाकुर, उपेन्द्र यादव र डा। बाबुराम भट्टराई गरी तीनजना अध्यक्ष सहमति भएको हो । जनता समाजवादी पार्टी दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने भएको छ । पार्टीका नेता नवराज सुवेदीले ५ बजेभित्र दल दर्ताका लागि निर्वाचन आयोग पुग्ने जानकारी दिए ।