जसपा निर्वाचन आयोगमा दर्ता : केन्द्रीय अध्यक्षमा ठाकुर र यादव ! बाबुरामको हैसियत के ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २५,काठमाडौँ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । दुई अध्यक्षमा ठाकुर र यादव र्भपनि बाबुराम भट्टराईको जिम्मेवारी भने दल दर्ताको क्रममा तोकिएको छैन् । निर्वाचन आयोगमा दर्तापछि प्राप्त पत्रमा भट्टराईलाई जसपाको बरिष्ठ नेताको हैसियत दिइएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस