जेठ २७, काठमाडौं । असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो । लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले असार १ गतेबाट प्रस्ताव खुकुलो हुने सम्भावना रहेको जानकारी दिए । उनले अत्यावश्यक सेवा, कृषि, विकास निर्माणका कामहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने मोडालिटी तयार भइरहेको बताए ।
कोभिड १९ सम्बन्धी संयन्त्र र समितिले छुट्टाछुट्टै मस्यौदा बनाइरहेका छन् । सुरक्षा निकायले पनि सुझाव पेश गर्न मोडालिटी बनाएको छ । ती सबै सुझावबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।