चार बजे नेकपा सचिवालय बैठक बस्दै, बिबिध बिषयमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २७, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दैछ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच एक्लाएक्लै भेटवार्ता भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो । गएको शनिबार नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो । आगामी आर्थिक वर्षको बजेटमा अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी समावेश गरिए पछि शनिबार आकस्मिक बैठक बसेको थियो ।

बैठकले संसदबाट निर्णय नभएसम्म एमसीसी अन्तर्गतका सवै काम रोक्ने निर्णय गरेको छ । बजेटको अनुसूची–१० मा एमसीसीबाट आगामी आर्थिक वर्ष ५ अर्ब ७४ करोड ७४ लाख आउने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस